“
In quest’atmosfera dove si diventa perennemente pazzi solo per sopravvivere, quale momento propizio dovrei scegliere per impazzire?
”
”
Suman Pokhrel
“
विश्वास भनेको आफूले अरूप्रति गरेको आँकलन भङ्ग नहुनु मात्र हैन, अरूलाई आफूले आश्वस्त पारेका विषयमा आफू विश्वसनीय रहिरहन सक्नु पनि हो ।
”
”
Suman Pokhrel
“
Ho creduto così tanto che un giorno ognuno potrà impazzire solo per vedere me sano di mente.
”
”
Suman Pokhrel
“
Senza chiedere il parere di nessuno ho fatto di me un folle mentre sedevo sotto lo stesso sole e le stesse nuvole.
”
”
Suman Pokhrel
“
Ascending and descending, uphill and downhill, the road inclines and slopes, sliding down yet climbing anew.
”
”
Suman Pokhrel
“
The road meanders, wandering in tandem with itself.
”
”
Suman Pokhrel
“
Having belief means not just expecting others to meet our standards, but also being consistent and trustworthy in fulfilling our own assurances.
”
”
Suman Pokhrel
“
अनुरागका गहिराइहरूमा डुबेर मुटु लफ्रक्क हुँदा
निचोरेर प्रेयमै पोखूँ भइरहेकै हो,
कहिल्यै नमेटिने एक चित्र
हृदयकै रङ्गले कोरूँ भइरहेकै हो ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
Dovrei domandare a tutti ciò che non si dovrebbe chiedere?
”
”
Suman Pokhrel
“
The road doesn’t seek refuge in any shelter it doesn’t settle at the behest of any command.
”
”
Suman Pokhrel
“
Quali occhi dovrei cercare per trovare l’ultima risposta irragionevole?
”
”
Suman Pokhrel
“
The road never halts.
”
”
Suman Pokhrel
“
Trust isn't solely about keeping faith in others' promises; it's also about being dependable in the promises we've made to others.
”
”
Suman Pokhrel
“
To believe is to not only hold others to their word but also to prove ourselves reliable in the guarantees we have offered.
”
”
Suman Pokhrel
“
Belief encompasses both trusting others to uphold their commitments and being steadfast in keeping the promises we have given.
”
”
Suman Pokhrel
“
फक्राएर मनलाई
प्रेमको ओत बनाऊँ लागेकै हो ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
शाहजहाँ,
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो ।
जसले चिहानलाई मन्दिर,
प्रेमिकालाई ईश्वर,
प्रेमलाई धर्म बनाइदियो ।
”
”
Suman Pokhrel
“
आफ्नै मनभित्र छचल्किरहेका
रङ्गिन अनुभूतिका सुवासित मादकतामा लठ्ठिएर
म आफूलाई बिर्सिरहेको छु ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
कृतज्ञता व्यक्त गर्दछु
आफ्नो एकमात्र संरक्षकलाई
"धन्य ईश्वर!
हिजो मर्ने र मारिनेहरूको सूचीमा
मेरो नाम छैन "।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
बादल लागेको आकाशबाट
आँखासँगै टाँसिएको आकाश पनि देखिँदैन
तलतल नै दौडिन्छ, बतास पनि देखिँदैन।
न त आँधी बोकेर थर्थराएका रुखहरूको मनको कम्पन देखिन्छ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
हरेक बिहान
रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
र सशङ्कित हुँदै छाम्दछु आफूलाई
आफैँ हो कि हैन भनेर ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
सारा यौवन
छातीमा एउटा प्रेमाकुल मुटु बोकेरै
हिँडिरहेको हुँ ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट
न त पाखाहरूको सहनशीलता भत्किएर खसेका
पैह्राहरूका घाउका गहिराइ देखिन्छन् ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
कम से कम दुई फरक त पक्कै छ हामीबीच
ऊ शहंशाह थियो,
म ऊ जत्तिकै वैभवशाली हुन्थिएँ भने
ताजमहल बनाउन
प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।
”
”
Suman Pokhrel (जीवनको छेउबाट [Jeevanko Chheubaata])
“
Wenn die zarten Gezeiten deiner Liebe nicht den Pollen meines Herzens mit ihrem lieblichen Aroma durchtränkt hätten, Mein Lebenslauf, all das bestünde nur aus einem dummen Rennen ohne Ziel ohne Schönheit.
”
”
Suman Pokhrel
“
म वर्षात् होइन
बादलको आशमा छैन,
म त त्यो मेघ हुँ
जसको अस्तित्वबिना
वर्षात्को अस्तित्व छैन ।
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
When memories, of
days gone by resurface;
with reflection and reminiscence of
my casual childishness,
may your eyes moisten
may your lips turn into a smile
unveiled, yet concealed.
”
”
Sanu Sharma
“
कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् ।
”
”
Suman Pokhrel
“
एकपटक लडेर नराम्ररी घाइते भएको, चोट खाएको मान्छे उठेर नहिँड्दासम्म उसलाई त्यो गर्नसक्छु भन्ने आत्मविश्वास हुँदैन ।
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
Life doesn't end just because someone leaves.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
मैले चुपचाप फोन राखिदिएँ । मेरो विरोधको कुनै अर्थ थिएन ।
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
A person willing to understand catches even the smallest clue, but one unwilling to understand will never get it, no matter how much you raise your voice.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
A home isn't always destroyed by outsiders; sometimes family members cause even greater damage.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
Amidst the shadows of adversity, a heart burdened and broken finds its steps faltering. Yet, it is in the act of rising, of daring to tread once more, that the flicker of confidence reignites.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
The absence of lost things is felt most painfully when the things you possess stop providing satisfaction.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
कामना गरिरा'छु - बाटोमा फेरि कोही यस्तो नभेटियोस्, जसलाई मेरो 'म' बाहेक मसँग जोडिएका बाँकी अरू सबै कुराप्रति चासो होस् ।
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
I quietly hung up the phone. There was no point in me protesting.
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
The home is not always ruined by outsiders; sometimes those within the family ruin it even more severely.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
One who intends to understand grasps even the slightest hint, but the one who has no intention to understand never comprehends, no matter how loudly you shout.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
I hope not to encounter such a person again on my path who is interested in everything about me except my true self.
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
When you stop respecting yourself, the world starts disrespecting you.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
कसैले छोडिदिँदैमा जिन्दगी सकिन्न ।
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
जीवनमा गुमाएको कुराको कमी त्यति बेला मर्नेगरी अनुभूत हुनेरै’छ, जब पाएको कुराले सन्तुष्टि दिन छोड्छ ।
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
कति बेहिस्सीको हुँदै गएको हाम्रो समाज र सम्बन्ध आजकल ? मुख नफोरेसम्म हकको प्रशंसा र स्नेह पनि नपाइने !
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
One who has fallen and been badly injured won't regain the confidence to walk again until they get back up and try.
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
घर सधैँ बाहिरकाले बिगार्दैनन्, कहिले काहीँ घरभित्रकाले झनै नराम्ररी बिगार्छन् ।
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
जसको कुरा बुझ्ने नियत हुन्छ, उसले इशारा गरेको पनि बुझ्छ; तर जसको बुझ्ने मनसाय हुँदैन, उसले कत्तिकै जोडले चिच्याए पनि बुझ्दैन, सुन्दैन ।
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
केवल महसूस गर्नुमा हुन्छ माया । दु:खमा, सुखमा अडिग भएर साथ रहनुमै हुन्छ माया । विश्वास गर्नुमा भन्दा विश्वास जोगाउनुमै हुन्छ माया । धम्की दिएर , दवाव दिएर होइन, मन जितेर लिनुमा हुन्छ माया ।
”
”
Sanu Sharma (उत्सर्ग [Utsharga])
“
The essence of love lies in feeling it. Love remains steadfast through sorrow and joy. Love is in preserving trust rather than just having it. Love is in winning hearts through genuine care, not through threats or pressure.
”
”
Sanu Sharma (उत्सर्ग [Utsharga])
“
अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
घरको ओतबिना मैले गर्ने कुनै पनि कर्म सम्भव छैन ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ ।
”
”
Suman Pokhrel (भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz])
“
कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्दकौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।
”
”
Suman Pokhrel (भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz])
“
भाषा भनेको दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै कविताका अर्थ हुँदा रहेछन् ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
कविता पढ्नु र अझभित्र पसेर कविता अध्ययन गर्नु एउटा योग हो भन्ठान्छु, म । यसलाई काव्ययोग भन्न पनि सकिएला ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
Sometimes, to do wrong deeds, one's intentions don't have to be bad; unfavorable timing and circumstances might lead one to do so.
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
In the translation of poetry, there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.
”
”
Suman Pokhrel (भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz])
“
कुरो गरुन्जेल जुनसुकै कुराहरू पनि कहिल्यै सकिँदैनन्, कुरो गर्न छोडेपछि सबैकुराहरू आफैँ सकिन्छन्, आफैँ पूर्ण हुन्छन् ।
त्यसो नहुँदो हो त, टाढिएर गएकाहरू वा मरेर गएकाहरूसँग गर्न बाँकी रहेका कुराको भारले मानिस कति गह्रौँसँग थिचिने थियो होला, कतिबिघ्न थिलथिलो हुने थियो होला !
”
”
Suman Pokhrel
“
When you're comfortable within yourself, you don't care about others' problems or the challenges they face in life. However, when you're in distress, the memories of those you've abandoned leaving in dire situations, come back to haunt you. How selfish humans are!
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
फिसको पैसा जम्मा भएको दिन मैले पहिलोपल्ट एक बोतल जुस किने र आँशुसँगै पिएँ ।
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
जुन पुरुष लोग्ने मात्र बन्छ, उसका बाउआमाले दुःख पाउँछन्, अनि जुन पुरुष छोरो मात्र बन्छ, उसकी स्वास्नीले दुःख पाउँछे ।
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
सातै दिन केवल पानीले पाउरोटी निलेर म अठार-बीस घन्टा, भेटे जति काममा खटिन थालेँ ।
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
दश वर्षदेखि म यो बिरानो देशमा रगत र पसिना बेचिरहेकोछु ।
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
An overflowing pot must be emptied before anything new can be added. If you cling to the sorrows of the past, how can you make space for the happiness and joy of the present?
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
I had been longing for a moment,
once again, for myself.
I had been living a moment
just like I was living myself.
”
”
Suman Pokhrel
“
In that moment and the moments surrounding,
walls were there, but not for me,
soils were there, but not for me,
times were there, but not for me.
”
”
Suman Pokhrel
“
Unseeing, even when seen
unfeeling, even when felt,
to those scattered loves
and the abashment that meet the eyes,
I had tried to brush them off
and indeed, had wiped them away.
”
”
Suman Pokhrel
“
भरिएको भाँडो खाली नगरेसम्म त्यसमा अरू केही राख्न मिल्दैन । अतीतको दुःखलाई समातेर राखिरहे वर्तमानको सुख र खुसीलाई कसरी र कहाँ ठाउँ दिने ?
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
When one's own weaknesses come to the fore and start tormenting them, they have neither the courage to accept them nor the strength to deny them.
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
किनकिन मलाई आँसु भरिएका ती आँखा एकदमै परिचित झेँ लागे ।
”
”
Sanu Sharma (एकादेशमा [Ekadeshma])
“
घरको छानो जति नै चुहिने भए पनि यसले रुखले भन्दा बढी ओत दिन्छ ।
”
”
Sanu Sharma (उत्सर्ग [Utsharga])
“
जब मान्छेको आफ्नो कमजोरी सामुन्ने आएर जिस्काउन थाल्छ; तब न त स्वीकार गर्ने साहस हुन्छ, न त नकार्ने हिम्मत !
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
कहिलेकाहीँ गलत गर्नलाई नियत बिग्रिरहन पर्दैन, समय र परिस्थिति बिग्रिएको हुनुपर्छ ।
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
Fire was flowing around,
and sweat was getting evaporated
to accomplish their own tasks.
”
”
Suman Pokhrel
“
Yet, those skies of love were
still filled with love,
those countless moments of youthhood
were still delirious with youthfulness.
”
”
Suman Pokhrel
“
Everyone
was preforming their own duties,
everyone was searching for their own being.
”
”
Suman Pokhrel
“
Beneath a romantic, yet melancholic dusk sky,
the roads continue meandering, in their
own rhythm, as I gazed into them,
moments continue scattering
as I kept living them.
”
”
Suman Pokhrel
“
In that vagueness,
as if entering the realm of youth itself were a crime,
as if casting eyes upon a scene were a sin,
as if living a life for an entire lifetime were a curse.
”
”
Suman Pokhrel
“
The evening stands silent, listening to the murmurs of the night.
”
”
Suman Pokhrel
“
Soft touches of fragrance of affection
deeper than the imprints of kisses,
have surely separated from me
hiding behind some abstruse backdrops.
”
”
Suman Pokhrel
“
In those moments,
sighs hung on immense dilemma.
”
”
Suman Pokhrel
“
कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ ।
”
”
Suman Pokhrel (भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz])
“
Until an overflowing pot is emptied, nothing else can be added to it. If you keep holding onto the sorrows of the past, how and where will you make room for the happiness and joy of the present?
”
”
Sanu Sharma (अर्को देशमा [Arko Deshma])
“
यसै होइन, प्रगाढ सम्बन्धमा सात रङ्ग हुनुपर्छ भनेको । पहिलो रङ्ग विश्वासको । दोस्रो, मान र कम्फर्टको । तेस्रो, बराबरी र स्वतन्त्रताको । चौथो, माया र आस्थाको । पाँचौँ, पहिचान र पुलपुलाहटको । छैठौँ, पर्वाह र पीरको । र सातौँ — आत्मा र शरीरको ।
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु ।ऴठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन्।ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन् ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
कविता कविबाट निस्किएर पाठकमा प्रवेश गरेपछि पाठकको चेतनावृत्तमा समाहित हुन्छ । एउटा पाठकले कवितालाई आफ्नो चेतनाभन्दा बाहिर फैल्याएर ग्रहण गर्न सक्दैन, बरू खुम्च्याएर गर्न सक्छ । यसो हुने हुनाले प्रत्येक कविता हरेक पाठकमा पुग्दा कुनै न कुनै रूपमा फेरिएर पुग्ने सम्भावना सँधै रहिरहेको हुन्छ । यो ‘फेरिनु’ प्रकारान्तरले अनूदित हुनु नै हो । त्यसैले कविताको प्रत्येक बुझाइ एउटा अनुवाद हो ।
”
”
Suman Pokhrel (भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz])
“
Before getting translated, a poem already gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the original language, and it again gets shrunk or expanded within the ‘sphere of intellect’ of the translator in the target language. Thus, in the translation of poetry there exists a possibility of the components like imagination, art of wordplay, skill of constructing internal rhythm and expansion of knowledge of the poet getting affected by the constraint and different methods employed by the translator.
”
”
Suman Pokhrel (भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz])
“
एक पटकको बर्षात्ले कतिन्जेल भिजाएर राख्न सक्छ र धरतीलाई ? धरतीलाई ओसिलो र मलिलो राख्न बर्षात् भई नै रहनुपर्छ । पुरुषहरू शायद यो बुझ्नै सक्दैनन् । त्यसैले त एकै सिजनमा मायाले निथ्रुक्क भिजाएर बाँकी जीवन बर्सिनै बिर्सिदिन्छन् उनीहरू । र चाहन्छन् त्यही एक सिजनको बर्षात्को सहारामा हामी महिलाहरू आजीवन भिजिरहौँ । कसरी सम्भव हुनसक्छ यो ?
”
”
Sanu Sharma (विप्लवी [Biplavi])
“
अन्य भाषाका शब्दलाई कविताबाट झिकेर नेपालीमा चोब्दै राख्दै गरेर मात्र नहुँदोरहेछ । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नु पर्दोरहेछ । सिर्जनाको अनुवाद गर्नु भनेको प्रतिसिर्जना वा अधिसिर्जना गर्नु रहेछ।त्यसैले मैले यहाँ शब्दको अनुवाद गरेको छैन । अर्थ वा भावको वा अझ त्यसभन्दाभित्र बरू ती शब्दहरूले छेकेर बसेका दृष्य र सङ्गीतहरूको अनुवाद गर्ने प्रयास गरेको छु ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
कविता अर्को भाषामा अनूदित हुनु अघि मूलभाषामै अनुवादकको चेतनाको आकारभित्र खुम्चिने वा फैलिने भइसकेको हुन्छ, अर्को भाषामा अनूदित हुँदा त्यो फेरि अनुवादकको लक्षित भाषाको चेतनावृत्तभित्र अझ खुम्चिने वा अझ फैलिने गर्दछ । त्यसले गर्दा कविताको अनुवादमा कविको कल्पनाशक्ति, शब्द कौशल, साङ्गीतिक चेत, ज्ञानको आकार आदि अवयवहरू अनुवादकको सीमितता वा वैशिष्ट्यबाट प्रभावित हुने सम्भावना रहन्छ ।
”
”
Suman Pokhrel (भारत शाश्वत आवाज [Bharat Shashwat Aawaz])
“
• एजुकेसन जरुरी हुन्छ मलाई थाहा छ । तर संस्कार बिनाको एजुकेसन र फूल बिनाको भास उस्तै हुन्छ । भास जति महङ्गो र सुन्दर भए पनि फूल बिना त्यसको महत्व हुँदैन, अर्थ हुँदैन । त्यस्तै, संस्कार बिनाको शिक्षाले मानिसलाई शिक्षित त बनाउला तर सबल र सम्पूर्ण बनाउन सक्दैन । संस्कार घरका बुज्रुग र ठूलाहरूले सिकाउॅछन्, डेलिगेट गर्छन् । तर आदरणीयहरूमै संस्कार छैन भने तिनले सानालाई के सिकाउॅछन्, के डेलिगेट गर्छन् ? आशा छ यो सत्य तिमीहरूले कहिल्यै बिर्सने छैनौ ।
”
”
Sanu Sharma (ती सात दिन [Te Saat Din])
“
कविताको अनुवादमा दुईवटा कुराको सन्तुलन अत्यन्त आवश्यक हुनेरहेछ । पहिलो, मूलभाषाले अनुवाद हुने भाषामा गर्ने हस्तक्षेप र दोस्रो, त्यसलाई जोगाउन खोज्दा कविको मूल शैलीमाथि अनुवादकको हस्तक्षेप । कतिपय अवस्थामा अन्य भाषामा लेखिएका कवितालाई तिनको शैली जस्ताको तस्तै अनुवाद गर्दा ओल्लो भाषामा त्यसले हस्तक्षेप गर्दो रहेछ र त्यहाँ नमिल्ने र कुरो नबुझिने वाक्यांश भएर आउँदो रहेछ । र फेरि त्यस किसिमको हस्तक्षेप हुन नदिन ओर्तिरकै भाषामा चलिरहेको संरचनामा अनुवाद गर्दा मूल कविको शैलीमाथि अनुवादकको हस्तक्षेप हुन पुग्दोरहेछ ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])
“
सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण नै रहेछ । कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु । ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै तिनका अर्थ हुँदा रहेछन् । ती शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुँदा रहेछन् । भाषा भनेको नै त्यही दृष्य र सङ्गीतको सम्मिश्रण रहेछ । हामी दृष्य र सङ्गीत बोल्दारहेछौँ ।
”
”
Suman Pokhrel (मनपरेका केही कविता [Manpareka Kehi Kavita])